ताजा सूचना
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रत्येक आइतबार विहान ८.00 बजेदेखि ३० बर्ष माथिका नागरिकलाई नसर्ने रोग स्क्रिनिङ कार्यक्रम आइतबार बिदाको कारण अर्को सूचना नभएसम्मलाइ स्थिगित रहेको प्रत्येक बुधबार पथ्य आहार कार्यक्रम सञ्चालन हुने/कार्यालयको इमेल ठेगाना परिवर्तन भएको ahbhaktapur@bagamati.gov.np रहेको व्यहोरा अनुरोध छ । स्वास्थ्य सेवा तथा चिकित्सकको बारेमा जानकारी लिन ०१६६१२०८८ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।विशेषज्ञ आयुर्वेद तथा वैकल्सेपिक सेवा प्रत्येक सोमबार opd समयमा सञ्चालन हुन गैरहेको व्यहोरा अनुरोध छ । स्वत प्रकाशन सूचनाको हक सम्बन्धि विवरण २०८२ चैत्र महिनाको वेवसाइटमा अपलोड गरिएको छ । स्वर्ण बिन्दु प्राशन कार्य्रकम सञ्सचलन सम्बन्धि विवरण अपलोड गरिएको छ।फिजियोथेरापी सेवा केहि महिना प्राविधिक जनशक्तिको कारणले सञ्चालन नहुने जानकारी गराइन्छ ।

परिचय

Slider Image

 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर   बागमती प्रदेश सरकार अन्तर्गत संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो । भक्तपुर जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु मार्फत सर्वसाधारणमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको उच्चतम उपयोगमा प्रोत्साहित गरी यी बिधाको बिकास र विस्तारमा टेवा पुर्याउनुका साथै यस जिल्लामा संचालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्नु यस कार्यालयको प्रमुख कार्यहरु हुन् । यो कार्यालय भक्तपुर नगरपालिका वडा नं १०, कमलबिनायकको नगरकोट बसपार्कको ठिक सामुन्ने अवस्थित छ । यस कार्यालयमा स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु,थेरापी सेवा , फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा ,  प्याथोलोजी ल्याव सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधि निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । हालका लागि सबै सेवाहरु निःशुल्क उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्ध बर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि...

भिजन / मिसन

Mission/ ध्येयः
भक्तपुर जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक चिकित्साको गुणस्तरीय स्वास्थ्य सेवा एवं जनस्वास्थ्य कार्यक्रमहरु मार्फत स्वास्थ ब्यक्तिको स्वास्थ्य रक्षा साथै रोगी ब्यक्तिको उपचारमा सघाउ पुर्याउने ।
Vision/ दृष्टि/दीर्घकालिन सोचः
भक्तपुर जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच र उपलब्धता, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको उच्चतम उपयोग ।

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

शीर्षक डाउनलोड
करार सेवा दरखास्त फाराम
प्रकाशित मिति: २०८१-०४-०४
सम्पती विवरण
प्रकाशित मिति: २०८१-०४-०४
करार कार्य सम्पादन आधार
प्रकाशित मिति: २०८१-०४-०४
स्वत प्रकाशित सूचना
प्रकाशित मिति: २०८२-०३-०६
स्वत प्रकाशित सूचना
प्रकाशित मिति: २०८२-०४-०८

इमेज ग्यालरी

Ayurveda and Alternative Hospital
Ayurveda and Alternative Hospital
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

भिडियो ग्यालरी

कुनै डाटा फेला परेन
© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.