ताजा सूचना
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम तथा पथ्य आहार कार्यक्रम निरन्तर सञ्चालन हुने/कार्यालयको इमेल ठेगाना परिवर्तन भएको ahbhaktapur@bagamati.gov.np रहेको व्यहोरा अनुरोध छ । स्वास्थ्य सेवा तथा चिकित्सकको बारेमा जानकारी लिन ०१६६१२०८८ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।विशेषज्ञ आयुर्वेद तथा वैकल्सेपिक सेवा प्रत्येक सोमबार opd समयमा सञ्चालन भैरहेको व्यहोरा अनुरोध छ ।

परिचय

Slider Image

 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर   बागमती प्रदेश सरकार अन्तर्गत संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो । भक्तपुर जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु मार्फत सर्वसाधारणमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको उच्चतम उपयोगमा प्रोत्साहित गरी यी बिधाको बिकास र विस्तारमा टेवा पुर्याउनुका साथै यस जिल्लामा संचालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्नु यस कार्यालयको प्रमुख कार्यहरु हुन् । यो कार्यालय भक्तपुर नगरपालिका वडा नं १०, कमलबिनायकको नगरकोट बसपार्कको ठिक सामुन्ने अवस्थित छ । यस कार्यालयमा स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु,थेरापी सेवा , फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा ,  प्याथोलोजी ल्याव सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधि निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । हालका लागि सबै सेवाहरु निःशुल्क उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्ध बर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि...

भिजन / मिसन

Mission/ ध्येयः
भक्तपुर जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक चिकित्साको गुणस्तरीय स्वास्थ्य सेवा एवं जनस्वास्थ्य कार्यक्रमहरु मार्फत स्वास्थ ब्यक्तिको स्वास्थ्य रक्षा साथै रोगी ब्यक्तिको उपचारमा सघाउ पुर्याउने ।
Vision/ दृष्टि/दीर्घकालिन सोचः
भक्तपुर जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच र उपलब्धता, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको उच्चतम उपयोग ।

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

शीर्षक डाउनलोड
करार सेवा दरखास्त फाराम
प्रकाशित मिति: २०८१-०४-०४
सम्पती विवरण
प्रकाशित मिति: २०८१-०४-०४
करार कार्य सम्पादन आधार
प्रकाशित मिति: २०८१-०४-०४

इमेज ग्यालरी

प्रचार प्रसार
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम
आयुर्वेद निकायहरुको अर्ध वार्षिक समिक्षा कार्यक्रम

भिडियो ग्यालरी

कुनै डाटा फेला परेन
© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.