प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-०८-०१

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको वार्षिक स्विकृत कार्यक्रम बमोजिम यहि  मिति २०८० साल कार्तिक २३ देखि २५ गतेसम्म भक्तपुर जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई ३ दिवसीय प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण नस्य कार्यक्रम सम्पन्न भएको छ । १६ जना सहभागी सो कार्यक्रममा प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका सम्बन्धमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन भएका थिए । सो कार्यक्रममा कार्यालय प्रमुख  डा. नरेन्द्र प्रसाद गिरीले वायु प्रदुषण यसको परिचय कारण असर तथा वायु प्रदुषणबाट  बच्ने   विषयमा कक्षा सञ्चालन गर्नु भएको थियो । कार्यालयका सेवा तथा नियमित कार्यक्रमका विषयमा वरिष्ठ कविराज निरिक्षक उत्तम ठकुरीले तथा नश्य काे महत्व तथा श्वासप्रश्र्वास समस्वा न्यूनीकरणका  लागि योग तथा प्रणायमका महत्व तथा विधिका सैद्धान्तिक तथा व्यवहारीक कक्षा  त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्यामपसका उप प्राध्यापक डा. रेणु खायमलीले कक्षा संचालन गर्नु भएको कार्यक्रमकाे संयोजकत्व वैद्य निरिक्षक श्याम कुमार रायमाझिले गर्नु भएको थियो ।  

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.